सत्तारुढ गठबन्धनमा विवाद छैनः माधव नेपाल

सत्तारुढ गठबन्धनमा विवाद छैनः माधव नेपाल

  • बिहिबार, अशोज ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनमा विवाद नभएको बताएका छन् ।
आज बानेश्वरमा पार्टीनिकट युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिले मात्र नभइ चुनावसम्म र त्यसपछि पनि गठबन्धन कायमै रहने दावी गरे ।
गठन्धनलाई स्थानीय तह सम्म पनि विस्तार गरिने नेपालको भनाई छ ।
पाँच दलीय गठबन्धनको मुख्य आधार राष्ट्रियता भएकाले निर्वाचन पछि पनि गठबन्धन यथावत रहने र साझा दस्तावेज बन्ने उनको भनाई छ ।

माओ, होचिमिन्हजस्ता नेताहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबित्तिकै युवाहरूलाई रोजगारी दिने काममा जोड दिने दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ