एमालेले जबज कुरुप बनायो, हामी थप सृजनात्मक बनाउछौँः माधव नेपाल

एमालेले जबज कुरुप बनायो, हामी थप सृजनात्मक बनाउछौँः माधव नेपाल

  • बुधबार, अशोज ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकमा समुहगत रुपमा आएको सुझाव समेटेर प्रतिवेदन पारित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
बैठक भोली पनि बस्ने छ । भोलीको बैठकले पार्टीको महासचिव छनौट गर्ने बताईएको छ ।
यसैबीच आजको बैठकमा बोल्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले एमालेले जबजलाई बिकृत बनाएको भन्दै अब आफूहरुले थप सृजनात्मक बनाउने बताए ।
उनले जबजलाई विकृत र कुरुप पार्ने काम एमालेले गरेको छ हामी यसलाई सृजनात्मक बनाउदै फक्रदै जाने बनाउछौँ, नेपालले भने ।
पार्टीले तीन महिने अभियान चलाउने पनि निर्णय गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ