राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा।नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै अपराह्न पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताउनु भयो ।
देउवा प्रधानमन्त्री नियुक्त भएको ७२ दिन पछि एक मन्त्री थपिएका हुन् । डा. खड्का देउवा निकट मानिन्छन् । काँग्रेसबाट हाल सम्म मन्त्री भएका चारै जना देउवा निकटमा रहेका छन् । उनलाई आजै १ बजे शपथ खुवाउने तयारी छ ।
माओवादी, एकीकृत समाजवादी र जसपाले भने अझै मन्त्रीको नाम दिन नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।