ओली सरकारले नियुक्त गरेका सबै राजदुत फिर्ताः युवराज खतिवडादेखि निलाम्बर आचार्य सम्म

ओली सरकारले नियुक्त गरेका सबै राजदुत फिर्ताः युवराज खतिवडादेखि निलाम्बर आचार्य सम्म

  • मङ्लबार, अशोज ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

अघिल्लो ओली सरकारले नियुक्त गरेका सबै राजदुत फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले ११ राजदुत पिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनीहरु मध्य ओली सरकारका अर्थमन्त्री रहेका डा. युवराज खतिवडा मन्त्रीबाट राजीनामा दिए लगत्तै राजदुत बनेका थिए । त्यसै गरी मुख्य सचिव लोकदर्शन रेग्मी पनि पदाववधि सकिनु अघि नै राजीनामा दिएर बेलायतका लागि राजदुत बनेका थिए र
आजको निर्णय अनुसार भारतका लागि राजदुत निलाम्बर आचार्य पनि फिर्ता हुने भएका छन् भने चीनका लागि राजदुत महेन्द्र बहादुर पाण्डे पनि फिर्ता हुने भएका छन् ।
यसरी फिर्ता गरिएका ११ राजदुतहरु यी हुन् :
१. वंशीधर मिश्र, बंगलादेश
२. महेन्द्र बहादुर पाण्डे, चीन
३. निलाम्बर आचार्य, भारत
४.युवराज खतिवडा, अमेरिका
५. सर्मिला पराजुली ढकाल, ओमान
६.नारदनाथ भारद्वाज, कतार
७. दावा फुटी शेर्पा, स्पेन
८. निर्मलकुमार विश्वकर्मा, दक्षिण अफ्रिका
९.उदयराज पाण्डे, मलेसिया
१०.अन्जन शाक्य, इजरायल
११.लोकदर्शन रेग्मी, बेलायत

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ