असोज ५ काठमाडौँ । एमालेको बिरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबुल गरेका हुन् ।
एमाले सांसदहरू सिटबाट उभिएर विरोध जनाइरहेको अवस्थामा नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक टेबुल गर्न सचिवलाई समय उपलब्ध गराएका थिए ।
एमाले सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभाका एमालेबाट निर्वाचित १४ सांसदलाई सभामुखले पदमुक्त भएको सूचना नटाँसेसम्म विरोध जारी रहने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline