एकीकृत समाजवादीका अध्यक्षको माधव कुमार नेपालले लामो समय आफ्नै समुहमा रहे पनि अन्तिम विद्रोहका बेला ओलीको साथमा पुगेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई ओलीको प्युसोको संज्ञा दिदैँ उनीहरुलाई हटाएर छिट्टै नयाँ सरकार बनाउने दाबी गरेका छन् ।
उनीहरुलाई एक हप्ता भित्रै हटाएर नयाँ सरकार बन्ने र त्यो सरकारमा पार्टी सहभागी हुने नेपालको भनाई छ । शाक्य र आचार्य ओलीपक्षमा लाग्नासाथ मुख्यमन्त्री बनेका थिए । तर पार्टी विभाजन भए लगत्तै उनीहरु अल्पमतमा परीसकेका छन् ।
उनले पोखरामा गण्डकी प्रदेशका कार्यकर्ताहरुको भेलालाई संवोधन गर्दे उक्त कुरा बताएका हन् ।
एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश सरकारमा सहभागी भईसकेको छ । प्रदेश २ मा पनि सरकारमा सहभागी हुने तयारीमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline