नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन विभाजित नहुने दाबी गरेका छन् । एमसीसीकै कारण गठबन्धन धरापमा पर्ने चर्चा शुरु भएका बेला प्रचण्डले उक्त दाबी गरेका हुन् ।
शनिबार जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षण कार्यक्रम समापनपछि पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरुका लागि एमसीसी भन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताएका हुन्।
दाहालले आफूहरु एमसीसीविरुद्ध नरहेको बताउँदै तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा जोड दिएका छन्।
अर्को प्रसंगमा उनले जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण नअड्किएको बताउँदै असोज पहिलो साता सम्म सरकार विस्तार भईसक्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline