एमालेमै बसेका नेतालाई झाँक्रीले दिईन भगौडाको संज्ञा

एमालेमै बसेका नेतालाई झाँक्रीले दिईन भगौडाको संज्ञा

  • शनिबार, अशोज २, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्रीले एमालेमै बसेका नेताहरुलाई भगौडा जर्नेलको संज्ञा दिएकी छन् । सिन्धुलीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै झाँक्रीले भगौडा जर्नेलहरुलाई कमाण्डर मान्न नसक्ने पनि बताईन् ।
उनीहरुलाई युद्धबाट भागेको संज्ञा दिदैँ फेरी उनीहरुलाई ल्याएर कमाण्डर बनाउन नसक्ने बताईन् ।
नेतृ झाँक्रीले उनीहरुले विचार समूहका हिसाबले धेरै समय कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताइन् ।

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए । उनीहरुलाई लक्षित गर्दैँ झाँक्रीले यस्तो संज्ञा दिएकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ