सुदुरपश्चिममा एकीकृत समाजवादीका दुई मन्त्री नियुक्त

सुदुरपश्चिममा एकीकृत समाजवादीका दुई मन्त्री नियुक्त

  • शुक्रबार, अशोज १, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

नयाँ पार्टी एकीकृत समाजवादीका तर्फबाट सुदुरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियक्त भएका छन् ।

नव नियुक्त मन्त्री तारालामा तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराए लगत्तै दुवैले मन्त्रालय पुगेर पदभार सम्हालेका छन् । तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद रहेका छन् ।
सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । मन्त्री तामा र बोहोरा दुबै नेकपा(एकीकृत समाजवादी) पार्टीमा आवद्ध भएका छन् । भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ