एमालेबाट बिद्रोह गरेर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कार्यलय स्थापना गरेको छ । पार्टी दर्ता भएको तीन साता पछि कार्यलयको आज अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका हुन् । यो कार्यलय वानेश्वरको आलोकमार्गमा रहेको छ ।
यो कार्यलयको भाडा भासिक तीन लाख भन्दा बढी रहेको छ ।
यसैबीच कार्यलयको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू जनतालाई भ्रमित पार्न दश थरी कुरा नगरी यथार्थ कुरा गरेर अघि बढिरहेको बताए ।
उनले आगामी निर्वाचन सम्म पाँच दलीय गठबन्धनलाई बलियो बनाएर जाने सोच रहेको पनि बताए ।
उनले तत्कालै कुनै पनि पार्टीसँग आफुहरुको एकता नहुने भन्दै गठबन्धनलाई नै बलियो बनाउने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline