एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पुनः झिंगाको संज्ञा दिएका छन् । हिजो बुटवलमा पनि सोही कुरा बोलेका ओलीले आज काठमाण्डौमा पनि यही दोहोर्याएका हुन् ।
कार्यकर्ताहरुको भेलालाई संवोधन गर्दै ओलीले झिंगाको पछाडी लागेर फुलवारीमा नपुगिने भन्दै माधव नेपाललाई पार्टीमा ल्याउदा फेरी गुटबन्धी र विवाद हुने भन्दै एमाले भित्रैका पनि पार्टी विरोधीलाई ठाँउ नहुने बताए ।
अष्ट लक्ष्मी शाक्यले माधव नेपाललाई पार्टीमा फर्किन गरेको आग्रह पछि ओलीले त्यो कटाक्ष गरेका हुन् ।
एमालेलाई माधव नेपालको बहिर्गमनले कुनै क्षति नभएको ओलीको जिकिर छ ।
उनले प्रचण्डलाई समेत आलोचना गर्दै ठूलो पार्टी नपचेकाले गुट लिएर हिँडेको दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline