१४ अध्यादेश खारेजीको असर : के के मा पर्यो ?

१४ अध्यादेश खारेजीको असर : के के मा पर्यो ?

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् ।

प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन हुन नसक्दा देश खर्च गर्न नसक्ने अवस्थामा पुगेको हो भने तेजाब आक्रमणकारीलाई हुने सजायदेखि एकल महिलाले पाउँदै आएको भत्तासमेत प्रभावित हुने भएका छन् ।

ओली सरकारले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८, नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश, २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८, औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८ र शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेको थियो ।

सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७७ ले सबै एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरेको थियो । यसअघि ६० वर्ष पुगेका एकल महिलाले मात्र सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो । तर अध्यादेशले ६० वर्षभन्दामुनिका एकल महिलाले पनि सुरक्षा भत्ता पाउने व्यवस्था गरेको थियो ।
अध्यादेशमा अतिअशक्त अपांगता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने साविकको व्यवस्था संशोधन गरी अतिअशक्त अपांगता भएकालाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

अध्यादेश स्वतः खारेज भएसँगै कोरोनाको खोप खरिददेखि तेजाब आक्रमण र हिंसापीडित महिला पनि प्रभावित हुने छन् ।

ओली सरकारले ल्याएको यौन हिंसासम्बन्धी अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गराउनेमाथि कारबाही गर्ने र बलात्कारमा संलग्न व्यक्तिलाई सजाय बढाउने व्यवस्था थियो । अध्यादेश निष्क्रिय भएपछि बलात्कारका घटनामा मिलापत्र गराउने बाटो पुनः खुलेको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्म कैद सजाय हुने, तेजाबपीडितलाई १० लाखसम्म क्षतिपूर्ति र रोजगारीको प्रत्याभूति हुने व्यवस्था गरिएको थियो । अध्यादेश खारेजीसँगै अब तेजाब पीडितले पाउने सुविधा र दोषीले पाउने सजायमा हटेको छ । आजका दिनमा कसैले तेजाब प्रहार गरेमा पुरानै कानुनअनुसार कारबाही हुनेछ ।

ओली सरकारले ल्याएको रेलवे अध्यादेश निष्क्रिय भएसँगै एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्न अब नपाइने भएको छ । अध्यादेशमा समेटिएको यो व्यवस्थाअनुसार एक दिनअघि मात्र भारतबाट कन्टेनर लिएर नेपाली भूमिमा रेल आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ