अमेरीका बिरुद्ध नेपालको शानदार जीत, कुसल र रोहितको अर्धसतक

अमेरीका बिरुद्ध नेपालको शानदार जीत, कुसल र रोहितको अर्धसतक

  • सोमवार, भदौ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरीका बिरुद्ध नेपालले शानदार जीत निकालेको छ । २३१ रनको चुनौती पछ्याएको नेपालले ५ विकेटकोे जीत निकालेको हो । नेपालले एक ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो । उत्कृष्ट शुरुवात गरेको नेपालका ओपनर कुसल भुर्तेलले ८४ रन जोडे । रोहित पौडेलले ६२ रन बनाएर अविजीत रहे । उनले तीन छक्का र दुई चौका प्रहार गरे । विनोद भण्डारीले ३७ रन बटुले । ओपनर शेख २३ रनमा आउट भए । त्यससपछि कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए । कुसल मल्ल १ रनमै आउट भए । करण केसी एक रनमा अविजीत रहे ।

मोनान्क पटेलले नेपाल बिरुद्ध शतक बनाए । नेपालका लागि सन्दीप लामिछाने २, विक्रम सोब २, सुसन भारी २ तथा कुसल मल्लले एक विकेट लिए ।
नेपालले भोली ओमनसँग प्रतिस्पर्धा गर्ने छ ।
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाली टोलीको आत्मविश्वास बढेको छ तर ओमनसँग भने पछिल्ला दुई भेटमा नेपाल पराजित भएको छ ।

आईसीसी लिग–२ को अंक तालिकामा नेपाल ५ खेलमा ६ अंक बटुल्न सफल भएको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

यसै लिगको तयारीका लागि नेपालले ओमनमा पपुवा न्युगिनीसँग भएको दुवै खेल जीतेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ