Mirmire Online
  • होम पेज
  • देश/राजनीति
  • अन्तरास्ट्रिय
  • विजनेस
  • विचार-ब्लग
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • भिडियो
  • स्वास्थ्य
  • English
  • अन्य
    खोज खबरफिचर न्युजजीबन मन्त्रअन्तर्वार्ताकला-साहित्यअनौठो संसारशिक्षा-रोजगारव्यक्ति व्यक्तित्वबिज्ञान-प्रबिधि

एनपिएल: आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

एनपिएल: आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

  • सोमवार, कार्तिक २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

काठमाडौँ, २३ कात्तिक: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार आज हुने पहिलो खेल मध्याह्न १२:३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५:०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ । यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । ‘प्लेअफ’ पुग्ने झिनो आशा बाँकी राख्न पोखराले आज जित्नैपर्ने दबाबमा छ । चार खेल खेल्दा जितविहीन पोखरा अहिले अङ्क तालिकाको अन्तिममा छ । छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको सामना गरेको छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज अहिले सानदार लयमा छ । दोस्रो स्थानमा रहेको ऊ आज पनि जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ । उता चितवन पनि आफ्नो अपराजित यात्रा जारी राखेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको यस संस्करणमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । —

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

एनपीएल: डेभिड मिलरको अविजित ९३ रनका बावजुद कर्णालीलाई सुदूरपश्चिमले हरायो

काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ९ विकेटले पराजित

एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

Like us On Facebook
Mirmire Online
Follow Us On Twitter
Tweets by @mirmireonline
धेरै पढिएको
  • राजमार्गका होटलमा अझै सुधार भएन गुणस्तर: धादिङका १७ होटलमध्ये १४ वटामा ‘पहेंलो स्टिकर’, दुई वटा मात्रै ‘उत्तम’

  • नेवारी पोशाकमा सजिएर पर्यटक !

  • अष्टमातृका नाच

  • दसैँ गाउँमा नै रमाइलो’

  • साउदीमा हुथी विद्रोहीको आक्रमणमा परी एक नेपाली समेत दुई विदेशीको मृत्यु

  • चीनसँग भारतभन्दा तीन गुणा बढी लडाकु विमान, तेजस उत्पादनको सुस्त गतिले भारतीय वायुसेनालाई चुनौती

  • नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

  • पशुको दानाबाट मान्छेलाई बिस्कुट: ‘प्रियागोल्ड’को कालो कर्तुत , नेपालमा लाग्यो पूर्ण प्रतिबन्ध!

  • विश्वभर १३० भन्दा बढी युद्ध र सशस्त्र संघर्ष: दोस्रो विश्वयुद्धपछिकै ठूलो संकट उत्पन्न !

  • दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा गोविन्द टण्डन

समाचार

देश/राजनीति समाचार विदेश खेलकुद विजनेस

बिशेष

खोज खबर फिचर न्युज Beautiful Nepal अन्तर्वार्ता विचार-ब्लग

मनोरन्जन

मनोरञ्जन-फिचर कलिउड हलिउड-बलिउड मोडल भिडियो

अन्य

कला-साहित्य शिक्षा-रोजगार स्वास्थ्य जीबन मन्त्र अनौठो संसार
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
  • सम्पर्क
  • हाम्रो बारेमा
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ