काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरीका बिरुद्ध नेपालले २३१ रनको मध्यम चुनौती पछ्याईरहेको छ । उत्कृष्ट शुरुवात गरेको नेपालका ओपनर आशिफ शेख २३ रनमा आउट भएका छन् । शेख र कुसल ६६ रनको साझेदारी गर्दै नेपाललाई अगाडी बढाएका थिए । अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र कुसल भुर्तेल रहेका छन् । टस हारेर फिल्डिङ गरेको नेपालले अमेरीकालाई ९ विकेटको क्षतिमा २३० रनमा रोक्न सफल भयो । मोनान्क पटेलले नेपाल बिरुद्ध शतक बनाए । नेपालका लागि सन्दीप लामिछाने २, विक्रम सोब २, सुसन भारी २ तथा कुसल मल्लले एक विकेट लिए ।
नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यो खबर तयार पार्दा सम्म नेपालले विना क्षति छैटौ ओभरमा २४ रन बटुलेको छ ।
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाली टोलीको आत्मविश्वास बढेको छ तर ओमनसँग भने पछिल्ला दुई भेटमा नेपाल पराजित भएको छ ।
श्रृखलाको दोस्रो खेलमा नेपालले भोलि आयोजक ओमानसँग खेलनेछ । आईसीसी लिग–२ को अंक तालिकामा नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
यसै लिगको तयारीका लागि नेपालले ओमनमा पपुवा न्युगिनीसँग भएको दुवै खेल जीतेको थियो ।