काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरीका बिरुद्ध नेपाललाई दोस्रो सफलता लिमेको छ । टस हारेर फिल्डिङ गरीरहेको नेपालले अमेरीकाको छैटौ ओभरमा एक विकेट लिएको थियो । बिक्रम सोबले स्टेभेन टेलरलाई १४ रनमा आउट गरेका छन् । त्यस पछि १० औँ ओभरमा सन्दीप लामीछानेले सुसान्त मोदानीलाई १६ रन जोडेपछि एलबी डब्लु धरापमा पारेका थिए । अहिले अमेरीकाले नेपाल बिरुद्ध ५२ रन जोडिसकेको छ ।
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाली टोलीको आत्मविश्वास बढेको छ तर ओमनसँग भने पछिल्ला दुई भेटमा नेपाल पराजित भएको छ ।
श्रृखलाको दोस्रो खेलमा नेपालले भोलि आयोजक ओमानसँग खेलनेछ । आईसीसी लिग–२ को अंक तालिकामा नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
यसै लिगको तयारीका लागि नेपालले ओमनमा पपुवा न्युगिनीसँग भएको दुवै खेल जीतेको थियो ।