नेपाललाई पहिलो सफलता, विक्रम सोबले लिए विकेट

नेपाललाई पहिलो सफलता, विक्रम सोबले लिए विकेट

  • सोमवार, भदौ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरीका बिरुद्ध नेपाललाई पहिलो सफलता लिमेको छ । टस हारेर फिल्डिङ गरीरहेको नेपालले अमेरीकाको एक विकेट लिएको छ । बिक्रम सोबले स्टेभेन टेलरलाई १४ रनमा आउट गरेका छन् । ओमनमा जारी खेलमा यो खबर तयार पार्दा सम्म अमेरीकाले छैटौँ ओभरको खेल मा एक विकेटको क्षतिमा २० रन जोडेको छ ।
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाली टोलीको आत्मविश्वास बढेको छ तर ओमनसँग भने पछिल्ला दुई भेटमा नेपाल पराजित भएको छ ।

श्रृखलाको दोस्रो खेलमा नेपालले भोलि आयोजक ओमानसँग खेलनेछ । आईसीसी लिग–२ को अंक तालिकामा नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

यसै लिगको तयारीका लागि नेपालले ओमनमा पपुवा न्युगिनीसँग भएको दुवै खेल जीतेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ