सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्धारा बहिष्कार

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्धारा बहिष्कार

  • सोमवार, भदौ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

संसदमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउने प्रयासका लागि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा शुरु भएको बैठक प्रतिपक्षी एमालेले भने बहिष्कार गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लोसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्।
संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अहिले देखिएको गतिरोध अन्त्य गर्न बैठक बोलाइएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए ।
माधव नेपाल सहितका १४ जना सांसदलाई कार्बाहीको सुचना नटासेको भन्दै सभामुखसँग एमाले आक्रोशित बनेको छ । उसले निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ