काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला आजबाट सुरु हुँदैछ ।
ओमानमा जारी श्रृंखलाको पहिलो खेलमा आज नेपाल अमेरिकाविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाली टोलीको आत्मविश्वास बढेको छ तर ओमनसँग भने पछिल्ला दुई भेटमा नेपाल पराजित भएको छ ।
श्रृखलाको दोस्रो खेलमा नेपालले भोलि आयोजक ओमानसँग खेलनेछ । आईसीसी लिग–२ को अंक तालिकामा नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
यसै लिगको तयारीका लागि नेपालले ओमनमा पपुवा न्युगिनीसँग भएको दुवै खेल जीतेको थियो ।