नेपाल क्रिकेट संघ ( क्यान ) र डिश मिडिया नेटवर्क लिमिटेड विच नेपाल र ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एक दिवसीय सिरिज क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त प्रतियोगीतामा हुने ६ वटा सिरिजहरु भदौ २८ गते देखि असोज ४ गते सम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।
जस अन्तर्गत हुने खेलहरु निम्न अनुसार हुने छ ।
नेपाल र अमेरिका विच भाद्र २८ गते, ओमान र नेपाल विच भाद्र २९ गते, ओमान र अमेरिका विच भाद्र ३१ गते, नेपाल र अमेरिका विच असोज १ गते, ओमान र नेपाल विच असोज ३ गते र ओमान र अमेरिका विच असोज ४ गते खेल हुने छ । सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४स१५ बजे ओमानको AL Amerat Cricket Stadium , Muscat बाट प्रत्यक्ष प्रशारण हुने छ ।