संसदको अवरोध हटाउने पहलः सभामुखको आव्हान्मा सर्वदलीय बैठक बस्दै

संसदको अवरोध हटाउने पहलः सभामुखको आव्हान्मा सर्वदलीय बैठक बस्दै

  • सोमवार, भदौ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

संसदमा जारी अवरोध हटाउने पहल स्वरुप सभामुख अग्नी सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक दिँउसो २ बजे संसद भवनको लोत्से हलमा बस्ने छ ।
छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।
यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ ।
संसदको अधिवेशन शुरु भए लगत्तै सभामुखको भूमिकाको बिरोध गर्दै एमालेले संसद अवरुद्ध गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ