सत्तारुढ गठबन्धनका प्रमुख साझेदार मध्यका एक एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी बिरुद्ध कडा अभिव्यक्ति दिएका छन् । एमसीसीकी उपाध्यक्ष फतिमा सुनार नेपाल भ्रमणमै रहेको र उनीसँग आफूले भेटिसकेको पृष्टभूमिमा अध्यक्ष नेपालको कडा अभिव्यक्ति आएको हो ।
नेपाल गञ्जमा पिपल्स भोलन्टियर्स र युवा संघ लुम्विनी प्रदेशको भेलालाई संवोधन गर्दै अध्यक्ष नेपालले एमसीसी सैन्य रणनीतिसँग जोडिएको छैन भने त्यसको ग्यारेन्टी अमेरीकाले लखित रुपमा दिनु पर्ने प्रष्ट पारे ।
सैन्य रणनीतिसँग जोडिएको भए एमसीसी पारित नहुने उनले स्पष्ट पारे । राष्ट्रिय सुरक्षा र सार्वभौमिकतालाई सत्ता र कुर्सीका लागि साट्न नसक्ने माधव नेपालको स्पष्टोक्ति छ ।
एक प्रसंगमा उनले केपी ओलीको दम्भका कारण पार्टीको सरकार ढलेको, उनको दम्कै कारण एमाले विभाजित भएको र अहिले पाँच दलीय वामलोकतान्त्रिक गठबन्धन र केपी ओली नेतृत्वको एमाले र राप्रपाहरुको दक्षिणपन्थी गठबन्धन रहेको भन्दै दक्षिणपन्थीहरुलाई हराएर अब अघि बढ्ने दाबी पनि गरे ।