एमाले स्थायी समितिको बैठकले असोज पहिलो साता आव्हान गरिएको बिधान महाधिवेशन स्थगित गरेको छ । स्थायी समितिको शनिबारको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सार्ने प्रस्ताव गरेको छ ।
अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा पार्टी विभाजनका असरहरुबारे पनि छलफल भएको थियो ।
यसै गरी संसदमा विरोध गर्ने शैलीको ब्यापक आलोचना भएपछि सांसदहरुको भूमिका स्पष्ट पार्न भोली १२ बजे संसदीय दलको बैठक बोलाउने पनि निर्णय भएको छ । ्
यस अघि एमाले सांसदहरुले संसद अबरुद्ध गर्ने क्रममा फर्निचर तोडफोड गर्ने, माईक खोस्ने, मान्छेमाथि चढेर रोष्ट्रमतिर कुद्न खोज्ने गरेपछि एमाले सांसदको मर्यादाका बिषयमा प्रश्न उठेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline