स्वर्गीय राणाप्रति प्रधानमन्त्रीद्धारा श्रदाञ्जली व्यक्त

स्वर्गीय राणाप्रति प्रधानमन्त्रीद्धारा श्रदाञ्जली व्यक्त

  • शनिबार, भदौ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा छोरा पूर्व राजदूत रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बतिसपुतलीस्थित राणाको निवासमा गएर प्रत्रानमन्त्री देउवाले राणाको मृत शरीरमाथि झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्दा महामन्त्री शसांक कोईराला सहित अन्य नेता पनि सहभागी थिए ।

लामो समयदेखि मिर्गौलाको समस्यमा रहेका राणाको आज बिहान आफ्नै निवासमा निधन भएको थियो । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा राणाको ८५ वर्षको उमेरमा निधन भएको हो ।

राणा सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए । भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक थिए ।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौं र १३औं सदस्यसचिव भएका थिए । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व गरेका राणा हाल ओलम्पिक कमिटिका मानार्थ सदस्य थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ