सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्यामा संलग्न रहेको आरोपमा छिमेकी युवा पक्राउ परेका छन् । भतिजा नाता समेत लाग्ने छिमेकी युवा लोकबहादुर कार्की पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । उनले प्रहरीको अनुसन्धान टोली समक्ष घटनाको अपराध स्वीकार गरेको बताईएको छ । हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।
व्यक्तिगत रिसिईविका कारण लोक बहादुरले बिहानी पखको समयमा हत्या गरेको अनुमान गरिएको छ । प्रहरीले यस बारेमा संभवत आईतबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline