रोहित पौडेलले उकासे नेपालको ईनिगं, पपुवा न्युगिनीलाई २३४ रनको चुनौती

रोहित पौडेलले उकासे नेपालको ईनिगं, पपुवा न्युगिनीलाई २३४ रनको चुनौती

  • शुक्रबार, भदौ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

ओमनमा पपुवा न्युगिनी बिरुद्धको दोस्रो खेलमा नेपालले २३४ रनको चुनौती दिएको छ । शुरुमै धर्मराएको नेपाली ब्याटींगलाई रोहित पौडेलले सम्हाले । उनले ३ छक्का र २ चौकाको मद्धतमा ८६ रन बटुलेपछि नेपालले २ रनको स्कोर खडा गर्न सफल रह्यो । नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २३३ रन जोड्यो ।
नेपालका ओपनर कुसल भुर्तेल र आशिफ सेख समान तीन तीन रनमा पेभिलियन फर्किएपछि शुरुवाती संकट व्यहोरेको नेपालको पारी उकास्न कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले राम्रो भूमिका खेले । कप्तान मल्ल पनि ४५ रनमा आउट भए ।
त्यसपछि करण केसीले पनि बिष्फोटक ब्याटींग गर्दै नेपालको स्कोर उकासे । उनले २६ बलमा ४२ रन बनाए । उनले चार छक्का र २ चौका हिर्काए । विनोद भण्डारीले १७ र सोमपाल कामीले ११ रन बनाए । कुसल मल्ल १ रनमा आउट भए भने विक्रम सोब एक रन र सन्दीप लामीछाने शुन्य रनमा आउट भए ।
अब पपुवा न्युगीनीले जवाफी व्याटीगं गर्ने छ ।
नेपालले पहिलो खेलमा न्युगीनीलाई २ विकेटले हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ