काठमाडौँ भदौ २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा हंगामा गरेको छ । एमाले सांसद र मर्यादा पालकबीच ठेला ठेल गर्दा सत्ता पक्षको पहिलो लहरमा रहेको टेबल तोडफोड भएको छ ।
एमालेका सांसदहरुको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिए । त्यस लगत्तै एमाले सांसदले उठेर घम्साघम्सी शुरु गरेका थिए ।
काँग्रेस सांसद तथा महामन्त्री शसाक कोईराला सहित बसेको लहरको टेबल भाँचिएको छ ।
यो अवरोधका बीच पनि सभामुख अग्नी सापकोटाले संसदको कार्बाही अघि बढाएका छन् । सभामुखको अनुमतिमा अर्थमन्त्रीले आर्थिक अध्यादेश पेश गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline