मन्त्रीपरिषद् विस्तार र एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ ।
बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकले एमसीसी र मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्नेछ ।
लामो समय वित्दा पनि गठबन्धनले मन्त्रीपरिषद् विस्तार गर्न सकेको छैन भने एमसीसीका बारेमा समेत गठबन्धनभित्र एकमत छैन ।
यस्तै संसदको बैठकको निरन्तरताका बारेमा समेत छलफल हुने बताईएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी हुनेछन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline