नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्धारी घोषणा गरेका छन् ।
विपी जयन्तीका अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा रुद्राक्षको बिरुवा रोप्दै प्रवक्ता शर्माले उम्मेद्धारीको घोषणा गरेका हुन् ।
आफू महामन्त्री भए काँग्रेसलाई लगातार तीन कार्यकाल चुनाव जिताउन भूमिका खेल्ने दाबी गरे ।
शर्मा देउवा प्यानलका हुन् । उनको प्रतिष्पर्धा गगन थापासँग हुने देखिएको छ । थापाले यस अघि नै महामन्त्रीमा उम्मेद्धारी घोषणा गरीसकेका छन् ।
शर्मा नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। उनी गत निर्वाचनमा झापा १ बाट माओवादीका राम कार्कीसँग पराजित भएका थिए। कांग्रेसमा दुइटा महामन्त्री पद छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline