संभवतः माधव कुमार नेपालले कदम नचालेका भए देश यतिखेर चुनावतिर केन्द्रीत भईरहेको हुन्थ्यो । पुष ५ र जेठ ८ दुबै पटक भएको संसद विघटन बिरुद्ध माधव नेपालको अडानले संसद सुरक्षित भएको धेरैको बुझाई छ ।
हुन पनि उनले एमालेबाट बिद्रोह गर्दै राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म शसरीर पुगेर आफ्नै पार्टीका प्रधानमन्त्री बिरुद्ध हस्ताक्षर नगरेको भए, मुद्धा नहालेको भए । संसद रहने संभावना थिएन ।
उनकै साथ र समर्थनमा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न सफल भए ।
अहिले अध्यादेश ल्याएर विभाजित बनेपछि नेकपा एकीकृत समाजवादी बनाएका माधव कुमार नेपाल नै संसद अवरोधको कारक बनेका छन् ।
माधव नेपाल सहित १४ सांसदमाथि गरिएको कार्बाहीलाई बैधता नदिएको भन्दै सभामुख बिरुद्ध एमाले सदनमा आक्रोशित बनेको छ ।
एमालेले निरन्तर नाराबाजी गर्दै रोष्ट्रममा प्रवेश गर्न खोजेपछि हिजो दुई पटक संसद बैठक स्थगित भयो ।
त्यही अबरोधका बीच पनि सभामुखले आदेश गरेपछि गृहमन्त्री बालकृष्ण खाँडले दल विभाजन सम्बन्धि अध्यादेश पेश गरे । बैठक २५ गते सम्मका लागि स्थगित भएको छ ।
तर सो विषयलाई लिएर एमालेले अझै पनि संसदमा थप अवरोध गर्ने संकेत दिईरहेको छ । सभामुखको भूमिका निष्पक्ष नभएको, सभामुले एमाले फुटाउने षड्यन्त्रलाई सहयोग गरेको एमालेको आरोप छ ।
माधव नेपालमाथि कार्बाहीको माग गर्दै संसदमा भएको अवरोध र नाराबाजीप्रति स्वयं माधव नेपाल भने निरर्थक भएको बताउछन् । उनले आफूहरुमाथिको कार्बाहीको माग औचित्य हिन भएको भन्दै अध्यादेश बमोजिम दल गठन भईसकेको अवस्थामा कार्बाहीको मागको औचित्य नहुने नेपालको तर्क छ ।