एमालेद्धारा संसदमा नाराबाजी, बैठक दोस्रो पटक स्थगित

एमालेद्धारा संसदमा नाराबाजी, बैठक दोस्रो पटक स्थगित

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ भदौ २३ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाको बैठकमा दुई पटक अवरुद्ध गरेको छ । सभामुख अग्नी सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो ।
पहिलो बैठकमा एमालेको नाराबाजी पछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । उनले दोस्रो पटक बैठक बोलाएका थिए । त्यसमा पनि एमालेका सांसदले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले एमाले प्रमुख सचेतक बिशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग वार्ता गरेका थिए ।
तर सहमति नभए पछि सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीकाबीच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाए । जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरलाकुमारी यादव रहेका छन् ।

सभामुख सापकोटाले आफू संविधान, नियम, कानुन र ऐनअनुसार अगाडि बढ्न प्रतिबद्ध रहेको र आफूले संविधान, नियम, कानुनको बर्खिलाप केही नगरेको बैठक सञ्चालन गर्न अवरोध नगर्न आग्रह गरे पनि एमाले सांसदको नाराबाजी चलिरह्यो । अहिले फेरी केही बेरका लागि बैठक स्थगित भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ