काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमाले संसद् अवरुद्ध गर्ने भएको छ । आज संसदीय दलको बैठक बसेर संसद बैठक अबरुद्ध गर्ने एमालेले निर्णय गरेको हो । एमाले विभाजनमा सभामुखको समेत षड्यन्त्र रहेको भन्दै संसदको बैठक अबरुद्ध पार्ने निर्णय भएको हो ।
माधव नेपाल सहित १४ सांसदलाई गैर सांसदको संज्ञा दिदै अध्यक्ष ओलीले गैर सांसदलाई उपस्थित गराएर संसद चल्न नसक्ने बताए ।
संसदमा बोली मात्र हैन व्यवहार पनि कडा हुने ओलीले चेतावनी दिए ।
संसदको बैठक अहिले ४ बजेपछि शुरु हुँदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline