नेपाल नेतृत्वको नेकपा (एस) आठ जिल्लामा नील, जनप्रतिनिधिले एमाले छाडेनन्

नेपाल नेतृत्वको नेकपा (एस) आठ जिल्लामा नील, जनप्रतिनिधिले एमाले छाडेनन्

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं, २३ भदौ। एमाले बिभाजित भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आठ जिल्लामा जनप्रतिनिधिविहीन भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २२ भदौसम्म एमाले वा नेकपा (एकीकृत समाजवादी) मध्ये एक पार्टी रोज्न दिएको समयसीमामा आठ जिल्लाका जनप्रतिनिधिले नेपाल नेतृत्वको पार्टीको पक्षमा सनाखत गर्न अस्वीकार गरेका छन् ।

एमाले प्रचार विभागका सदस्य सूर्य थापाका अनुसार गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर, नुवाकोट, सोलुखुम्बु र रसुवा गरी आठ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेका छैनन् । अन्य जिल्लाका नेताहरूले एमाले छाडे पनि आठ जिल्लाका प्रतिनिधिले नछाड्ेदा नेकपा (एस) शून्यमा पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ