प्रचण्ड आफैले निर्माण र नेतृत्व गरेको पार्टी हो माओवादी । उनले तात्कालीन एकताकेन्द्र मशालबाट बिद्रोह गरी नेकपा माओवादी बनाएर दश बर्षे जनयुद्धको नेतृत्व गरेका थिए ।
त्यसपछि शान्ति प्रकृयामा आएपछि ७० सालको संविधान सभाको दोस्रो चुनावसँगै माओवादी कमजोर बन्यो । एक आन्तरीक विभाजन , दुई उनीहरुले जनतामा व्यक्त गरेका प्रतिवद्धता पूरा गर्न नसक्नु ।
त्यसपछि साना तिना घट्टकहरु जोड्दै चलिरहेको माओवादी ७४ सालमा एमालेसँग एकता गर्न पुग्यो ।
त्यसपछि नेकपा पनि विभाजन भएपछि पुनः माओवादी केन्द्र ब्युतियो । गत साल फागुण २३ मा ब्युतिएको माओवादीलाई राम्रो पार्टी कसरी बनाउने भनेर प्रचण्डले देशभर सल्लाह सुझाव मागे ईमेल र सामाजिक सञ्जालमा ।
उनी कस्सिएर लागे गठबन्धन बनाए, ओली सरकार हटाउने लक्ष्य पूरा पनि गरे ।
तर जब गठबन्धनको सरकार बन्यो, मन्त्री बनाउने बेला आयो तब प्रचण्ड पुनः तनावमा परे । भएजति सबै सांसद मन्त्री हुन खोज्ने, अझ स्रोतको दाबी अनुसार सांसद नरहेकाहरु पनि ६ महिनाका लागि भए पनि मन्त्री हुन खोजीरहेका छन् । यो सबै दबाब खेपिरहेका प्रचण्डले पछिल्लो पटक भने यस्तो तरीकाले हो भने किन झण्डा र लोगो बोकीरहने ? पार्टी नै विघटन गराँै बरु भन्दै नेता कार्यकर्तामाथि दबाब सृजना गर्न थालेका छन् ।
प्रदेश स्तरको बैठक र पार्टीको कार्यक्रम र बैठकहरुमा प्रचण्डले निरन्तर यस्तो अभिव्यक्ति दिनुलाई विभिन्न अड्कल काट्न थालिएको छ । एक नेता कार्यकर्तालाई पद र प्रतिष्ठा हैन संगठन र पार्टी बलियो बनाउन लाग्न दबाब सृजना गर्ने र अर्को मन्त्रीका चरम आकांक्षीहरुमाथिको प्रहार ।
जे भएपनि माओवादी पूरानो अवस्थाकै जनमत प्राप्त गर्ने हैसियतमा पुग्न तत्काल संभव देखिदैन । पार्टीलाई काँग्रेस र एमाले भन्दा भिन्न बनाउने जनतामा फर्काउने भन्ने प्रचण्डको लाईन देखिन्छ । तर उनका औपचारीक दबाबपूर्ण बोलीहरुले माओवादी र त्यसका सुप्रिमो प्रचण्ड निकै अप्ठ्यारोमा परेको बुझ्नेहरुको संख्या उल्लेख्न देखिन्छ ।