अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्य मन्त्री शाक्यले आज मन्त्रीपरिषद् विस्तार गर्ने

अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्य मन्त्री शाक्यले आज मन्त्रीपरिषद् विस्तार गर्ने

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

दल विभाजनपछि स्पष्ट अल्पमतमा परीसकेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रीपरिषद् विस्तार गर्ने भएकी छन् । मुख्यमन्त्री बनेको २१ दिन पछि आज उनले मन्त्री थप्न लागेकी हुन् । माधव नेपालको साथ छाडे लगत्तै मुख्यमन्त्री बनेकी उनलाई विस्वासको मत लिन भने कठिन पर्ने देखिन्छ ।

मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको एक एमाले सांसदले जानकारी दिए । मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् ।
भदौ २ गते मुख्यमन्त्री बने लगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ