संसदको बैठक आज शुरु हुँदै यस्ता छन् संभावित कार्यसूची

संसदको बैठक आज शुरु हुँदै यस्ता छन् संभावित कार्यसूची

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं । संघिय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको नवौं अधिवेशन आजबाट सुरु हुँदैछ । संसदको बैठक अपरान्ह ४ बजेपछि शुरु हुने छ ।

माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनमा सहयोग हुनेगरि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन सरकारले यसअघि हतार हतार बजेट अधिवेशन अन्त्य गरेको थियो । दल विभाजनको स्वार्थ पुरा भएकोले अब अमेरिकी सहयोग नियोग एमसीसी सम्झौता अघि बढाउने उदेश्यले संसदको अधिवेशन बोलाइएको अनुमान गरिएको छ ।

आजबाट शुरू हुने अधिवेशनको पहिलो बैठकमा ३२ बुँदे कार्यसूची तय भएको छ । संघीय संसद् सचिवालयले तयार गरेको आजको सम्भावित कार्यसूचीमा राजनीतिक दलसम्बन्धी अध्यादेश पनि रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत कयौँ अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची पनि रहेको छ । अपरान्ह ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ