पपुवा न्युगिनीमाथि नेपालको २ विकेटको जीत

पपुवा न्युगिनीमाथि नेपालको २ विकेटको जीत

  • मङ्लबार, भदौ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ओमनमा भएको एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगीनीलाई पराजीत गरेको छ । नेपालले शुरुमै उत्कृष्ट बलिङ गर्दै ३३ ओभरमा न्युगिनीलाई अलआउट गर्दा उसले जम्मा १३४ रन बनाएको थियो ।
त्यसपछि जवाफी व्याटीङमा उत्रिएको नेपालले ७ विकेट गुमाएर ३९ औँ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो लक्ष्य पूरा गरेको थियो । शुरुवातमा राम्रो ब्याटीङ गरेको नेपालको पारी मध्यमक्रममा निकै कमजोर भएको थियो । तर रोहित कुमार पौडेल र सोमपाल कामीको पारीले नेपाललाई जीत तर्फ डोर्याएको थियो । पौडेलले नेपाली टोलीबाट सर्वाधिक ४१ रन बटुले । ओपनर आसिफ शैखले ३० रन बनाए भने सोमपालले अबिजीत २२ रन जोडे । कुसल भुर्तेल १५, आरिफ शेख ९, कप्तान ज्ञानेन्द्र मल्ल ६, शरद भेस्वाकर ६ रन बनाउन सफल रहे पनि कुसल मल्लले जम्मा एक रन बनाउदा पवन सर्राफले खाता नै खोल्न सकेनन् ।
पपुवा न्युगिनीका लेगा सेईकाले सर्वाधिक ३० रन जोडे ।
नेपालका लागि सन्दीप लामीछानेले सर्वाधीक ४ विकेट लिए । कुसल मल्ल र विक्रम सोबले समान दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिएका थिए ।
नेपालले अब अमेरीका र ओमनसँग त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेल्ने छ ।
पपुवा न्युगीनीसँग थप एक एक दिवसीय खेल पनि नेपालले खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ