आज दल रोज्न पाउने अन्तिम दिन : एकीकृत समाजवादीतिर कति जालान जनप्रतिनिधि ?

आज दल रोज्न पाउने अन्तिम दिन : एकीकृत समाजवादीतिर कति जालान जनप्रतिनिधि ?

  • मङ्लबार, भदौ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेकपा एमाले विभाजित भएसँगै निर्वाचन आयोगले दल रोज्न भनी दिएको समय आज सकिदैछ । आज एमालेमै रहने वा नवगठित एकीकृत समाजवादीमा जाने भन्ने निर्णय गरेर सनाखत गर्ने अन्तिम दिन हो । यद्यपि, यस अघि नै धेरै जसो जनप्रतिनिधि र प्रदेश सांसदले सनाखत गरीसकेका छन् । हिजो सँझ सम्मको रिपोर्ट अनुसार सात वटै प्रदेशमा गरी एमालेका २३२ सांसद मध्य ५१ जना एकीकृत समाजवादीतिर लागेका छन् । आज पनि समय रहेकाले दल बदल्न चाहनेले सनाखत गर्न सक्नेछन् ।
एकीकृत समाजवादी गण्डकी प्रदेशमा भने प्रदेश सांसद तान्न असफल रहेको छ । लुम्विनीमा पनि एक जना मात्रै तान्न सफल भएको छ । सुदुरपश्चिम प्रदेशमा भने एकीकृत समाजवादी १३ सांसद सहित प्रदेशको सबै भन्दा ठूलो दल बनेको छ ।
प्रदेश २ मा पनि एमाले भन्दा बलियो बनेको एकीकृत समाजवादी प्रदेश १ र बागमती प्रदेशमा सरकार परिवर्तनको निर्णायक शक्तिका रुपमा उभिएको छ ।
अध्यादेश ल्याएको २१ दिनभित्र दल परिवर्तन गरे प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद नजाने आयोगको निर्णय छ। जसअनुसार मंगलबार एक दिनको समय बाँकी छ। सरकारले भदौ १ गते राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो पार्दै अध्यादेश ल्याएको थियो।
स्थानीय तहका जनप्रतिनिधिको पूर्ण विवरण भने प्राप्त भईनसकेको निर्वाचन आयोगका अधिकारीहरु बताउछन् ।
यसै गरी जसपामा पनि केही सांसद र जनप्रतिनिधि नवगठित लोकतान्त्रिक समाजवादी पार्टी तिर लागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ