भिडियोमा परिवारले लाश हेर्दै रुवावासी गरिरहे, मलेशियामा अमर जलिरहे…वैदेशिक रोजगारीको दर्दनाक पीडा

भिडियोमा परिवारले लाश हेर्दै रुवावासी गरिरहे, मलेशियामा अमर जलिरहे…वैदेशिक रोजगारीको दर्दनाक पीडा

  • सोमवार, भदौ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.3K
    SHARES

मलेशियामा रहेका एक व्यक्तिले भिडियो मार्फत अमरको शबलाई देखाए । शब शेर्दा मान्छे बोल्न सक्ने जस्तो देखिने भएपनि त्यो फगत कल्पना हुन्थ्यो किन भने
मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृत्यु भईसकेको थियो । यो पीडा परिवारमा सानो थिएन । कोरोना महामारी, विभिन्न अड्चन आदि कारणले अमरको शब परिवारले नेपाल ल्याउन सकेन र उतै अन्त्यष्टी गर्ने सहमति भयो । सोही अनुसार अमरको अन्त्यष्टीको प्रत्यक्ष दृष्य त्याहाँ रहेका नेपालीको सहगोमा भिडियो कल मार्फत बजाङमा रहेका उनका परिवारले भाव विव्हल भएर हेरिरहे । अमर सात वर्षदेखि मलेशियामा रोजगारीका लागि गएका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि कोरोना संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए । अक्सिजनको अभावमा छट्पटाउदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए । बोहराका अनुसार हिन्दु परम्परा अनुसार मलेशियामै उनको परिवारको मञ्जुरीनामा पछि अन्त्यष्टी गर्ने काम सकिएको छ । २२ अगष्टमा निधन भएका अमरको आईतबार भावपूर्ण रुपमा अन्त्यष्टी भयो । समीरका अनुसार परिवारकै आग्रहमा लाश भए पनि एक पटक देखाउनु भनेपछि उनीहरुले भिडियो कलबाट अमरको शबलाई देखाईदिए । लाश हेर्न परिवार र आफन्तीहरु घर छेउ बारीमा जम्मा भएका थिए । उनीहरु पीडाले छट्पटाए । तर रोएर अमर फर्कने अवस्था थिएन । उनी सदा सदाका लागि मलेशियाको भूमिमै अन्त्य भए । परिवार दर्दनाक बेदनामा बाँचीरहेको छ । उनका आमा, बुवा, श्रीमती, छोरा छोरी पीडित बनेका छन् यतिखेर । बैदेशिक रोजगारीमा जाँदाको यो पीडा अमरलाई मात्र हैन धेरै नेपाली आमा, बुवा दाजुभाई दिदी बहीनीले भोगिरहनु परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी