भारतसँग नेपाल दुई एक गोलले पराजीत

भारतसँग नेपाल दुई एक गोलले पराजीत

  • आइतवार, भदौ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भारत बिरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेल अनपेक्षित रुपमा पराजय व्यहोरेको छ । जीत्ने रणनीति सहित मैदानमा उत्रिएको नेपाल डिफेन्स लाईनको कमजोरीका कारण दुई एक गोल अन्तरले पराजीत हुन बाध्य भयो ।
पहिलो हाफ् गोल रहित बराबरीमा रोकिए पनि दोस्रो हाफ्को ६१ औँ मिनेटमा नेपाल एक गोलले पछि परेको थियो । ६१ औँ मिनेटमा डिफेन्स लाईनको कमजोरीका कारण नेपालले गोल खान पुग्यो । दोस्रो गोल ८० मिनेटपछि व्यहोरेको नेपालले ८७ औँ मिनेटमा तेज तामागंको आकर्षक गोलमा खेलमा फर्कने प्रयास गरेको थियो । तर पनि बराबरी गोल फर्काउन सकेन ।
यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका हुन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।
यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल अब साफ्को तयारीका लागि कतार जाने छ । त्याहाँ केही प्रशिक्षण पछि टोली सोझै माल्दिभ्स जाने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ