सुदुरपश्चिममा विभाजित भएर बनेको दल एकीकृत समाजवादी प्रदेशको सबै भन्दा ठुलो शक्ति बन्यो

सुदुरपश्चिममा विभाजित भएर बनेको दल एकीकृत समाजवादी प्रदेशको सबै भन्दा ठुलो शक्ति बन्यो

  • आइतवार, भदौ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी सुदुर पश्चिमको सबै भन्दा ठूलो राजनीतिक शक्ति बनेको छ । आज एमाले छाडेर थप तीन जना सांसदले एकीकृत समाजवादी रोजेसँगै यो शक्ति बलियो भएको हो । अब सो पार्टीको प्रदेश सांसदको संख्या १३ बनेको छ ।
यसअघि एमालेका १० प्रदेश सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए।
आइतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
यससँगै सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका १२ सांसद मात्रै कायम भएका छन्। एकीकृत समाजवादीले एमालेका १३ सांसदलाई आफ्नो पक्षमा तानेर ठूलो दल बनेको हो।

त्यहाँ माओवादी केन्द्रका १३ सांसद रहेका छन्। उता कांग्रेसका १२ सांसद छन्। त्यस्तै जनता समाजवादी नेपालका दुईजना सांसद रहेका छन्।
भीम रावलले माधव नेपालको साथ छाडेर एमालेमै रहेपछि केही समय मौन देखिएको सो प्रदेशमा पछिल्लो समय समाजवादीमा केन्द्रीत हुने क्रम बढेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ