पछिल्लो समय नेपाली फुटवलको शैली रक्षात्मकबाट आक्रामक रणनीतिमा बदलिएको छ । जतिसुकै बलियो टोली होस् नेपालले फरवार्डमा तीन जना उतार्ने गरेको छ । पछिल्लो समय ईराक, जोर्डन, अष्ट्रेलियासँगको खेलमा पनि यो आक्रामक रणनीति नेपालले राख्यो । ईराक बिरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले दुई गोल गर्यो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताईरी यही रणनीमिा विस्वास राख्छन् । उनले भारत बिरुद्ध गत बिबिहारको खेलमा यही रणनीतिमा टिमलाई मैदानमा उतारे । जीत्ने लक्ष्य सहित घरेलु मैदानमा उत्रिएको नेपाली टोलीले पहिलो हाफ्मा गरेको चलाखीपूर्ण गोलका बाबजुद दोस्रो हाफ्मा सम्हालिन नसक्दा जीतबाट बिमुख भयो तर हारेन ।
आज दोस्रो मैत्रीपूर्ण खेल हुँदै छ साँझ ५ : ३० बजे दशरथ रंगशालामै । पाहुना टोली भारत नेपाल भन्दा केही बलियो छ । तर पनि नेपाल दशरथ रंगशालामा जीत्ने गरी नै उत्रिने सुरमा छ ।
आज पनि अलमुताईरीले आक्रामण रणनीति अनुसार नै टिम उतार्दैछन् । खेलको नतिजा जे आएपनि टोली सकारात्मक सोचबाट फुटवल खेल्ने शैलीतिर ढल्कदैँ छ यो नेपालको फुटवलको भविष्य राम्रो बन्ने लयको रुपमा जानकारहरु बुझ्दछन् ।
आज पनि दशरथ रंगशालामा ५ हजार बढी दर्शकहरु उपस्थित हुनेछन् ।