जेठ २ र दश बुदे : एमाले भित्र फेरी कलहको बिज किन बनिरहेको छ ?

जेठ २ र दश बुदे : एमाले भित्र फेरी कलहको बिज किन बनिरहेको छ ?

  • आइतवार, भदौ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

जेठ २ मा जाने नजाने विवादले अन्ततः औपचारीक रुपमा एमाले विभाजित भईसकेको छ । माधव नेपाल समुहले नयाँ पार्टी नै बनायो एकीकृत समाजवादी । सो पक्षको मुख्य आरोप थियो कि पार्टीलाई जेठ २ को बिन्दुमा पुर्याईएन । ओली स्वेच्छाचारी भए । १० बुदे पनि पालना हुँदैन । यही भन्दै माधव नेपाल बाहिरिएपछि उनकै पछि लाग्दै आएका १० स्थायी समिति सदस्यहरु १० बुदे कार्यन्वयन हुन्छ, जेठ २ को अवस्थामा पार्टी फर्किन्छ भन्दै भीम रावल सहितका एमालेमै रहे ।
उनीहरु नियमित बैठकमा पनि सहभागी भए । तर पछिल्लो केही दिन यता फेरी त्यही १० बुदे कार्यन्वयन र जेठ २ कै एजेण्डा कार्यन्वयनको माग गरीरहेपनि केही गतिविधि त्यो विपरीत भएको भन्दै खटपट शुरु भएको छ ।
खास गरी पार्टीको कानुन व्यवशायी संगठनमा अध्यक्ष र विभागीय ईन्चार्जलाई समेत थाहै नदिई भेला बोलाईएको, जेठ २ अघिको अवस्थामा पार्टी फर्कनै नसक्ने अवस्था रहेको संस्थापन पक्षमा रहेका नेताहरुले सार्वजनिक रुपमै बोल्दै आएका छन् ।
यसले तेस्रो धार कहलिएर एमालेमै बसेका केही नेताहरु फेरी असन्तुष्ट बन्न थालेको एक नेताको दाबी छ ।
आखिर एमाले ७५ साल अघिको कुरैमा कसरी अल्झिरहन सक्छ, जेठ २ अघिको स्थिति आँउदा २२ जना माओवादीबाट आएका केन्द्रीय सदस्यलाई के गर्ने , जनवर्गीय संगठनमा विकसित संरचनालाई के गर्ने ? यी सबै कुराहरु छन् । आधारभूत र सृजनशील रुपमा लागू हुन्छ । तर हुबहु लागू हुँदैन । ती नेताले भने ।
काभ्रेमा आयोजित पार्टी कार्यकर्ताको भेलामा महासचिव ईश्वर पोखरेलले पार्टी जेठ २ अघि फर्कनै संभावना नरहेको बताए ।
१० बुदे र जेठ २ एमाले एकताको बाधक एजेण्डा त बन्यो नै यसले थप संकट ल्याउने हो कि भन्ने चिन्ता कार्यकर्ताहरुमा पलाउन थालेको छ ।
फुट्ने फुटेर गईसके, अब बसेका पनि नमिल्ने हो भने त कसरी पार्टी बन्छ ? पद, साना तिना कुरामा अल्झिने हो भने कम्युनिष्ट कसरी भईन्छ एक कार्यकर्ताको प्रश्न छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ