नेपालसँग सीमा विवाद नरहेको चीनद्धारा स्पष्ट

नेपालसँग सीमा विवाद नरहेको चीनद्धारा स्पष्ट

  • शनिबार, भदौ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ भदौ १९ । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको स्पष्ट पारेको छ । नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

हुम्ला जिल्लास्थित चीनसँगको सीमा क्षेत्रमा विवादका समाचार आइरहँदा चिनियाँ दूतावासले यस्तो विज्ञप्ति जारी गरेको हो । चीन र नेपालले सधैँ एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरेका छन् । दुबै देशले १९६०को दशकमै आफ्नो सीमा मुद्दालाई मैत्रीपूर्ण परामर्शको माध्यमबाट समस्या समाधान गरेका छन्ू विज्ञप्तिमा भनिएको छ ।

यस्तै दुई देशबीचको सीमा विवादमुक्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ । यद्यपि केही व्यक्तिगत शक्तिहरुले यसअघि नै सीमा विवादलाई उचाल्न खोजेको तर नेपाल सरकारले यसबारे स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषदको गत बुधबारको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ