‘कम्युनिस्ट एकता देशको आवश्यकता’

‘कम्युनिस्ट एकता देशको आवश्यकता’

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

भदौ १८, पोखरा । ६ वटा कम्युनिस्ट पार्टीका नेताहरुले बैज्ञानिक समाजवादलाई मूल्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव हुने बताएका छन् । उनिहरुले कम्युनिस्ट एकताको अभियानलाई देशब्यापी बनाउने क्रान्तिकारी पत्रकार संगठन, नेपाल (आरजेओएन) लाई धन्यवाद दिएका छन् । आरजेओएनले पोखरामा विहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन कम्युनिस्ट आन्दोलनलाई केन्द्रीत गरौं, स्वतः ध्रुविकरणको वातावरण बन्नेछ ।’ एमालेका नेता खगराज अघिकारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि अधिकारी ‘कुमार’ नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाध बराल, जनमोर्चा नेपालका प्रदेश अध्यक्ष शंकर बराल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी र नेकपा माओवादीका प्रवक्ता कृष्णप्रसाद जैसीले एकै स्वरमा उक्त विचार व्यक्त गरे ।
नेपालका कम्युनिस्ट पार्टीहरुको आन्तरिक जीवन, पार्टी पद्धति, कार्यशैली र विधि कम्युनिस्ट अनुरुप हुन नसकेको सबै नेताहरुले स्वीकार पनि गरे । नेपालका कम्युनिस्ट पार्टीहरुभित्र कम्युनिस्ट आचरण व्यवहार नभएकोले आफूहरु जहाँ–जहाँ जुनपार्टीमा रहेपनि त्यहाँबाट सकारात्मक पहल गर्दै बैज्ञानिक समाजवाद मूख्य एजेण्डा बनाएर लाग्ने हो भने ध्रुविकरण संनिकट रहेको उनीहरुको धारणा थियो ।
तर संसदीय व्यवस्थाको विकल्पमा जाने विषयमा भने नेताहरुका मत बाझिए । माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादीका नेताहरुले अहिलेको व्यवस्था परम्परागत संसदीय व्यवस्था नभई सुधारिएको संसदीय व्यवस्था भएको र यसलाई भुरपुर प्रयोग गर्दै समाजवादी व्यवस्थातिर रुपान्तरण गर्न सकिने बताए । क्रान्तिकारी माओवादी, नेकपा माओवादी र जनमोर्चा नेपालका नेताहरु भने संसदीय व्यवस्थाको विकल्पमा जानुपर्ने मत राखे ।

गणतन्त्र स्थापनापछि हामी समाजवादी व्यवस्थाका जानका लागि राजनीतिक रुपमा वातावरण बनेको छ, आर्थिक र सामाजिक क्रान्तिको कार्यभार पुरा गरेपछि समाजवादको अर्को चरणमा प्रवेश गरिन्छ,’ एमालेका नेता खगराज अधिकारीले भने । तर क्रान्तिकारी माओवादी र नेकपा माओवादीका नेताद्धय नारायण अधिकारी र कृष्णप्रसाद जैसीले भने त्यसको ठाडै प्रतिवाद गरे । उनीहरुले भने, ‘कम्युनिस्टहरुलाई विभाजन गर्ने, कम्युनिस्ट आचरणबाट च्युत गर्ने र कम्युनिस्टहरुलाई अवसरवादी बनाउने नै संसदवाद हो, त्यसको विकल्पमा जाने हो भने समादवादी व्यवस्थाका लागि कम्युनिस्ट आन्दोलन नयाँ आधारमा खडा हुन्छ ।’ बैज्ञानिक समाजवादमा जाने हो भने संसदवादलाई त्याग्नसक्नुपर्ने नेताद्धयको धारणा थियो ।
एमाले नेता अधिकारीले अहिलेसम्म कम्युनिस्टहरुले वर्गीय विश्लेषण नगरेकाले कम्युनिस्ट आन्दोलन अलमलमा परेको तर्क दिए । ‘पुष्पलालले चिनियाँ कम्युनिस्ट आन्दोलनलाई बुझेर वर्ग विश्लेषण गर्नुभयो, वास्तवमा नेपाली समाजको वर्ग विश्लेषण अहिलेसम्म भएकै छैन ।’ नयाँ समाज विकासका आधारमा वर्ग विश्लेषण गरौं, समाजवादका लागि सडकमा जाऔं, त्यही सडकमै ध्रुविकरणसहित एकता पनि हुन्छ,’ नेता खगराजको दावी थियो ।
माओवादी केन्द्रका नेता कुमारले भने, ‘प्रचण्ड र मदन भण्डारी नेतृत्वमा भएको आन्दोलनको प्रतिफल नै अहिलेको गणतन्त्र हो, मूख्यतः जनयुद्धको धक्काले निरंकुशतन्त्र पछारियो, ०६२÷६३ को जनक्रान्तिले संस्थागत ग¥यो । अहिले नेपालमा दुई खाले प्रवृति बोकेका कम्युनिस्ट पार्टीहरु भएको र क्रान्तिकारी विचारले जित्नेवित्तिकै कम्युनिस्ट आन्दोलनका लागि ध्र्रविकरणको आधार तयार हुने उनको दावी थियो ।
एकीकृत समाजवादीका नेता बरालले सबै कम्युनिस्ट पार्टीका थोरबहुत कमीकमजोरी रहेकाले त्यसलाई सुधार्ने आँट गर्दै साँच्चिकै कम्युनिस्ट आन्दोलन उठाउँने इच्छाशक्ति देखाउने हो भने अहिले पनि उपय्ुक्त अवसर छ भने । ‘सबै पार्टीभित्रका राम्रा पक्ष लिँदै क्रान्तिकारी पार्टी निर्माणमा हाम्रो पुस्ताले भूमिका खेल्नुपर्छ, बरालको भनाई थियो ।
क्रान्तिकारी माओवादीका नेता अधिकारीले प्रश्न गरे, ‘अहिले यथास्थितिवादी धार शक्तिशाली छ, त्यसलाई सिध्याएर मात्र क्रान्तिकारी पार्टी बलियो हुन्छ, ध्रुविकरणका लागि हामीहरु यथास्थितिवादीसँग लड्ने साहस गर्ने कि नगर्ने ? नेकपा माओवादीका प्रवक्ता जैसीले नयाँ आधारमा कम्युनिस्ट आन्दोलन निर्माणका लागि हतियार, सेना र जनसत्ता बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरेका क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले संगठनको अभियानबारे स्पष्ट पार्दै भने, संगठनको उद्देश्य भनेकै नयाँ आधार निर्माणसहित बैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिस्ट ध्रुविकरण अहिलेको मूख्य आवश्यकता हो, त्यसका लागि वातावरण बनाउने अभियान हामीले देशव्यापी थालिरहेका छौं । कार्यक्रमको सञ्चालन संगठनका सचिवालय सदस्य धनञ्जय बुढाले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ