नेपाली आकाशमा पछिल्लो तीन दिन देखि निरन्तर भारतीय वायुसेनाको हेलिकप्टर उडिरहेको छ । दार्चुलाको ब्यास गाँउपालिका मात्र नभएर सदरमुकाम खलंगाकै माथि पनि भारतीय सैनिक हेलिकप्टर निरन्तर उडिरहेको छ ।
दार्चुलामै भारतीय सुरक्षा फौज एसएसबीले तुईन काट्दा नेपाली युवा जयसिंह धामी वेपत्ता भएको घटनाको बिरोध भईरहेका बेला भारतीय सेनाले ज्यादती शुरु गरेको हो ।
यति सम्म हवाई क्षेत्रको उलघन गर्दा पनि नेपाल अझै प्रतिकृया विहीन छ । एकातिर जयसिंह धामीको घटनामा भारत दोषी रहेको प्रतिवेदन सरकारले तयार पारेपछि यो कदम भारतले चालेको हो ।
यस विषयमा दार्चुला जिल्ला प्रशासन कार्यलयले पत्र लेखेको दाबी गरेको छ । तर भारतीय पक्षले जवाफ दिएको छैन । त्यसो त सुरक्षा संवेदनशीलताको मामला भएकाले केन्द्र सरकारले पहल गर्नु पर्ने भए पनि सरकार मौन बसिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline