माधव नेपालको पार्टी कार्यालय मिनभवनमा, चाँडै सञ्चालनमा आउने

माधव नेपालको पार्टी कार्यालय मिनभवनमा, चाँडै सञ्चालनमा आउने

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १८ भदौ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ ।

एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो । १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय कार्यालयका लागि भाडामा लिन सम्झौता प्रक्रिया अघि बढेको स्थायी कमिटी सदस्य डा.वेदुराम भुसालले जानकारी दिए ।

‘पार्टी केन्द्रीय कार्यालयका लागि निजी भवन भाडामा लिने प्रक्रिया अघि बढेको छ,’ नेता भुसालले भने, ‘अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको छ । चाँडै केन्द्रीय कार्यालय सञ्चालनमा आउने छ ।’

नेपाल नेतृत्वको एकीकृत समाजवादी गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ