प्रधानमन्त्री शेर बहादुर देउवालाई लक्षित गर्दै केही दिन अघि एमाले सांसद महेश बस्नेतले भक्तपुरमा काँग्रेस सभापतिलाई ल्याए पनि चुनाव जित्न नसक्ने चुनौती दिएका थिए ।
सोही क्षेत्रमा आज काँग्रेसको वडा अधिवेशन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले आँउदो निर्वाचनमा चुनाव जितेर देखाउन चूनौती दिए । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा यस अघि नेकपाको तर्फबाट बस्नेतले चुनाव जितेका थिए ।
उनले सभापति देउवालाई हैन, जिल्ला सभापति दुर्लभ थापालाई चुनामा हराएर देखाउन चुनौती दिएका हुन् ।
उनले आउने निर्वाचनमा काँग्रेस शक्तिशाली र शसक्त भएर आउने पनि दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline