कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पुरा

कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पुरा

२१ जिल्लाको क्रियालिश सूची आउन बाँकी

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, १८ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ । ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले प्राप्त गरिसकेको जनाएको छ ।

ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा आज एकसाथ वडा अधिवेनश हुनेछ । तर २१ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक भएको छैन । यी २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने अन्योल छ । यही विवादले आसन्न १४ औं महाधिवेशन अनिश्चित बन्ने हो कि भन्ने कांग्रेसभित्र चर्चा छ ।

२१ जिल्लाको क्रियाशील सूची नपाउँदा कांग्रेसको निर्वाचन समिति अन्योलमा छ । महादेव यादवको संयोजकत्वमा रहेको समितिले चार चरणमा गरेर ५६ जिल्लाका लागि निर्वाचन अधिकृत तोकेको छ । तोकिएका अधिकृतहरू जिल्ला पुगेर आज हुने वडा अधिवेशनमा खटिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ