अग्रता जोगाउन नसक्दा भारत बिरुद्धको खेलमा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा भारत बिरुद्धको खेलमा नेपाल बराबरीमा रोकियो

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

दशरथ रंगशालामा भारत बिरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो हाफ्मा बनाएको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिन बाध्य भएको छ । नेपालका लागि फरवार्ड अञ्जन विष्टले ३६ औँ मिनेटमा चलाखीपूर्ण रुपमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर खेलको ६० औँ मिनेटमा अनिरुद्ध थापाले भारतका लागि बराबरी गोल फर्काए । त्यसपछि पनि पाएका राम्रा अवसरमा गोल गर्न नसक्दा नेपाल बराबरीमा चित्त बुझाउन बाध्य बन्यो । यसले लामो समयदेखि भारतमाथि जीत हात पार्ने नेपालको सपना फेरी पनि पुरा हुन सकेन । तर टिमले खेल भने गुमाएन ।
भारतबाट भएका केही प्रहारलाई गोल किपर कप्तान किरण चेम्जोगंले उत्कृष्ट बचाउ गरेका थिए ।
असोजमा माल्दिभ्समा हुने साफ र सन् २०२२ मा हुने एशियन कप छनौटको तयारी स्वरुप नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
दोस्रो खेल आईतबार साँझ हुने छ । यो खेलपछि नेपाली टोली कतार जाने छ । त्याहाँ केही प्रशिक्षण पछि नेपाली टोली सोझै माल्दिभ्स जाने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ